मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ११ शनिबार ०७:२७:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

६५.५ प्रतिशत नेपाली कमाउन सक्ने, विद्युतकाे पहुँच ९२ प्रतिशतमा विस्तार

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ११ शनिबार ०७:२७:००

राष्ट्रिय जनगणना ०७८ अनुसार आर्थिक रूपमा सक्रिय जनसंख्या बढेर ६५.५ प्रतिशत पुगेको छ । एक दशकअघि यो संख्या ५४.२० प्रतिशत थियो । करिब ११.३ प्रतिशतले आर्थिक रूपमा सक्रिय जनसंख्या बढेको हो । यो समूहभित्र रोजगारी र कामको खोजी गरिरहेको मानिसहरूलाई  समेटिएको छ ।

जनगणना २०७८ को अन्तिम नतिजाअनुसार आर्थिक रूपमा सक्रिय जनसंख्या १ करोड ५६ लाख ८९ हजार ७ सय ७७ जना पुगेका छन् । ०६८ को जनगणनामा यस्तो संख्या १ करोड ११ लाख ८ हजार ९ सय १६ थियो । संख्यात्मक हिसाबले ४५ लाख ८० हजार ८ सय ६१ जना थपिएका हुन् । 

आर्थिक रूपमा सक्रिय र निष्क्रिय रहेका १० वर्ष वा सोभन्दा बढी उमेर समूहका जनसंख्या दुई करोड ३९ लाख ५८ हजार ८सय ६८ जना छन् । १० वर्षअघि यस्तो संख्या दुई करोड ४ लाख ९५ हजार ५ सय १५ जना पुगेका छन् । यसमा आर्थिक रूपमा सक्रियता वा निष्क्रियता कुनै पनि नखुलेका जनसंख्या पनि समेटिएका छन् । छोटो समयका लागि काम गर्ने वा कामको खोजी गर्नेको संख्या बढ्न थालेको छ । यस्तो जनसंख्यालाई अक्सर आर्थिक रूपले निष्क्रिय जनसंख्यामा वर्गीकरण गरिएको छ । 

६ महिनाभन्दा कम समय काम गरेको र आर्थिक काम नखोजेको व्यक्तिहरू स्वतः अक्सर आर्थिक रूपले निष्क्रिय जनसंख्यामा पर्दछन् । ३ देखि ५ महिना काम गरी आंशिक रूपमा काम खोजेका व्यक्तिहरूलाई अक्सर आर्थिक रूपले सक्रियअन्तर्गत र ३ महिनाभन्दा कम काम गरी आंशिक रूपमा काम खोजेका व्यक्तिहरूलाई अक्सर आर्थिक रूपले निष्क्रिय मानेर वर्गीकरण गरिएको छ । 

आर्थिक रूपले सक्रियमध्ये पनि ९३.०५ प्रतिशत जनसंख्या रोजगार रहेको जनगणनाको तथ्यांकले देखाएको छ । अर्थात्, १ करोड दुई लाख ७० हजार ४ सय ४७ जना रोजगार छन् । त्यसबाहेक ७ लाख ६७ हजार ६ सय ५८ जना बेरोजगार छन् । यो कुल अक्सर आर्थिक रूपमा सक्रिय जनसंख्याको ६.९५ प्रतिशत हो । ०६८ को तुलनामा आर्थिक रूपमा निस्क्रिय जनसंख्या घटेर ३४.३ प्रतिशतमा आएको छ । महिलाले पुरुषको तुलनामा आर्थिक रूपमा सक्रियता बढाउन थालेको देखिएको छ । १० वर्षअघिको तुलनामा आर्थिक रूपमा सक्रिय जनसंख्यामा ४५.४१ प्रतिशत हिस्सा मात्रै ओगटेको महिलाको संख्याले आफ्नो हिस्सा बढाएर ४७.७५ प्रतिशत पुर्‍याएका छन् । 

सञ्चारमा पहुँच बढ्दै
जनगणना ०७८ अनुसार मोबाइल प्रयोगकर्ताको संख्यामा विस्तार भएको  छ । ०६८ मा ६४.६३ प्रतिशत घरधुरीमा मोबाइल फोन थियो भने ०७८ सम्म अउँदा ७३.२ प्रतिशत घरमा मोबाइल फोनको पहुँच पुगेको छ । टेलिभिजन प्रयोग गर्ने घरको हिस्सा भने ४९.२ प्रतिशत रहेको छ । त्यस्तै रेडियो र ल्यान्डलाइन प्रयोग गर्ने घरधुरीको संख्या भने घटेको छ । ०६८ मा ५०.८२ प्रतिशत घरधुरीले रेडियो प्रयोग गर्दथे । तर, अहिले ३४.२ प्रतिशत घरले मात्रै रेडियो प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।

यस्तै, ०६८ मा ७.३७ प्रतिशत घरधुरीले ल्यान्डलाइन टेलिफोन प्रयोग गर्ने गरेकोमा अहिले ४.५ प्रतिशत घरधुरीले मात्रै ल्यान्डलाइन प्रयोग गर्छन् । पछिल्लो १० वर्षमा ल्यापटप तथा कम्प्युटर प्रयोग गर्ने घरधुरीको संख्या बढेको छ । ०६८ सम्म ७.२८ प्रतिशत घरधुरीले कम्प्युटर तथा ल्यापटप प्रयोग गर्ने गरेकोमा ०७८ सम्म आइपुग्दा दोब्बर अर्थात् १५ प्रतिशत घरधुरीले कम्प्युटर तथा ल्यापटप प्रयोग गर्न थालेका छन् । 

पछिल्लो १० वर्ष अवधिमा सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता बढेका छन् । मुलुकमा सूचना प्रविधि क्षेत्रमा भएको विकासका कारण एक दशकमा इन्टरनेट प्रयोगकर्ता करिब ३३ प्रतिशतले बढेका हुन् । ०६८ सम्म ३.३३ प्रतिशत घरधुरीमा मात्रै इन्टरनेट थियो । ०७८ सम्म आउँदा ३७.८ प्रतिशत घरधुरीले इन्टरनेट प्रयोग गर्न थालेका छन् । 

९२ प्रतिशतको पहुँचमा बिजुली
बत्ती बाल्नका लागि ९२.२ प्रतिशत घर परिवार कहाँ बिजुलीको पहुँच विस्तार भएको छ । १० वर्षअघि ६७.३ प्रतिशत घरपरिवारमा मात्रै बिजुलीको पहुँच थियो । पछिल्लो एक दशकमा स्वदेश भित्रै बिजुली उत्पादन र उचित व्यवस्थापनमा सरकार क्रियाशील भएका कारण विद्यत्को पहुँच उल्लेख्य मात्रामा विस्तार भएको हो । बत्ती बाल्नका लागि सोला प्रयोग गर्ने ६.६ प्रतिशत र मट्टीतेल प्रयोग गर्ने ०.६ प्रतिशत घरपरिवार छन् । दशकअघि बिजुलीको पहुँच नहुँदा बत्ती बाल्नका लागि १८.३ प्रतिशत घरपरिवार मट्टीतेलबाट बल्ने टुकी प्रयोग गर्न बाध्य थिए ।

६ लाख परिवारको घरेलु उद्योग
सरकारी निकायमा दर्ता नगरेका र एकजना पनि तलबी कामदार नराखेका घरेलु तथा साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६ लाख २७ हजार ८८७ रहेका छन् । घरेलु तथा साना व्यवसाय सञ्चालन गरिरहेका कुल परिवारमध्ये घरेलु उद्योग एक लाख ३७ हजार (२१.९ प्रतिशत), व्यापार/व्यवसाय तीन लाख ११ हजार (४९.५ प्रतिशत), यातायात ३५ हजार (५.५ प्रतिशत), सेवा ६९ हजार (११ प्रतिशत) र ७५ हजार (१२ प्रतिशत) अन्य किसिमका व्यवसायमा आबद्ध छन् ।  उल्लेखित घरेलु तथा साना व्यवसायमध्ये पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत रहेका छन् । 

आर्थिक रूपमा सक्रियता बढाउँदै महिला
महिलाले पुरुषको तुलनामा आर्थिक रूपमा सक्रियता बढाउन थालेको देखिएको छ । १० वर्षअघि (०६८ को जनगणनामा) आर्थिक रूपमा सक्रिय जनसंख्यामा ४५.४१ प्रतिशत हिस्सा मात्रै ओगटेको महिलाको संख्याले आफ्नो हिस्सा बढाएर ४७.७५ प्रतिशत पुर्‍याएका छन् । 

संख्यात्मक हिसाबले कुल आर्थिक रूपमा सक्रिय जनसंख्यामा पनि पुरुषको संख्या नै हाबी देखिएको छ । यद्यपि, कुल आर्थिक रूपमा सक्रिय जनसंख्याको अनुपातमा भने पुरुषको वर्चस्व घटेको छ । ०७८ को जनगणनाअनुसार पुरुषको हिस्सा ५२.२४ प्रतिशत पुगेको छ । जब कि यो हिस्सा १० वर्षअघि ५४.५८ प्रतिशत प्रतिशत थियो । यस्तो संख्यामा पुरुषको संख्या ८१ लाख ९६ हजार पाँच सय ८ जना पुगेको छ । महिलाको संख्या ७४ लाख ९३ हजार दुई सय ६९ जना छ । 

आर्थिक रूपमा सक्रिय जनसंख्या बढ्यो
६५.५ प्रतिशत जनसंख्या आर्थिक रूपमा सक्रिय, सक्रियता बढाउँदै महिला करिब ११.३ प्रतिशत बिन्दुका दरले आर्थिक रूपमा सक्रिय जनसंख्या बढेको छ । १० वर्षअघि ५४.२० प्रतिशत रहेको त्यो संख्या बढेर अहिले ६५.५ प्रतिशत पुगेको छ । यसमा आर्थिक काम गरिरहेका वा कामको खोजीमा रहेका मानिस समेटिएका छन् । जनगणना– २०७८ को अन्तिम नतिजाअनुसार आर्थिक रूपमा सक्रिय जनसंख्या एक करोड ५६ लाख ८९ हजार सात सय ७७ जना छन् । ०६८ को जनगणनामा यस्तो संख्या एक करोड ११ लाख आठ हजार नौ सय १६ थियो । संख्यात्मक हिसाबले ४५ लाख ८० हजार आठ सय ६१ जना थपिएका हुन् । 

आर्थिक रूपमा सक्रिय र निष्क्रिय रहेका १० वर्ष वा सोभन्दा बढी उमेर समूहका जनसंख्या दुई करोड ३९ लाख ५८ हजार आठ सय ६८ जना छन् । १० वर्षअघि यस्तो संख्या दुई करोड चार लाख ९५ हजार पाँच सय १५ जना पुगेका छन् । यसमा आर्थिक रूपमा सक्रियता वा निष्क्रियता कुनै पनि नखुलेका जनसंख्या पनि समेटिएका छन् । 

छोटो अवधिको काम गर्नेको संख्या बढ्यो
छोटो समयका लागि काम गर्ने वा कामको खोजी गर्नेको संख्या बढ्न थालेको छ । यस्तो जनसंख्यालाई अक्सर आर्थिक रूपले निष्क्रिय जनसंख्यामा वर्गीकरण गरिएको छ । ६ महिनाभन्दा कम समय काम गरेको र आर्थिक काम नखोजेका व्यक्तिहरू स्वतः अक्सर आर्थिक रूपले निष्क्रिय जनसंख्यामा पर्दछन् । तीनदेखि पाँच महिना काम गरी आंशिक रूपमा काम खोजेका व्यक्तिलाई अक्सर आर्थिक रूपले सक्रियअन्तर्गत र तीन महिनाभन्दा कम काम गरी आंशिक रूपमा काम खोजेका व्यक्तिलाई अक्सर आर्थिक रूपले निष्क्रिय मानेर वर्गीकरण गरिएको छ । यस्तो वर्गीकरणमा पर्ने जनसंख्याको अनुपात २९.६५ प्रतिशत पुगेको छ । ०६८ को जनगणनामा यो अनुपात ९.४८ प्रतिशत मात्रै थियो । समग्रमा आर्थिक रूपले सक्रिय जनसंख्या बढेको भए पनि अक्सर सक्रियता देखाउने जनसंख्या घटेको छ । 

६ महिना वा सोभन्दा बढी अवधि आर्थिक काममा संलग्न वा कामको खोजी गर्ने व्यक्तिलाई अक्सर सक्रिय जनसंख्यामा गणना गरिएको छ । ०७८ को जनगणनाअनुसार अक्सर सक्रिय जनसंख्याको अनुपात ७०.३५ प्रतिशत पुगेको छ । अर्थात् ६ महिना वा सोभन्दा बढी समय काम गर्नेको संख्या एक करोड १० लाख ३८ हजार एक सय पाँचजना पुगेको छ । १० वर्षअघि यो अनुपात ९०.५१ प्रतिशत थियो । अर्थात् त्यतिवेला एक करोड ५५ हजार एक सय ८७ जना मात्रै अक्सर आर्थिक रूपमा सक्रिय थिए ।

अक्सर आर्थिक रूपमा सक्रियमध्ये ९३.०५ प्रतिशत रोजगार
अक्सर आर्थिक रूपले सक्रिय जनसंख्यामा पनि ९३.०५ प्रतिशत जनसंख्या रोजगार रहेको जनगणनाको तथ्यांकले देखाएको छ । अर्थात् एक करोड दुई लाख ७० हजार चार सय ४७ जना रोजगार छन् । त्यसबाहेक सात लाख ६७ हजार ६ सय ५८ जना बेरोजगार छन् । यो कुल अक्सर आर्थिक रूपमा सक्रिय जनसंख्याको ६.९५ प्रतिशत हो । काम गरेको समय काम नगरेको समयभन्दा बढी भएमा अक्सर रोजगार र काम गरेको समय काम नगरेभन्दा कम भएमा अक्सर बेरोजगार मानिन्छ । 

घट्यो निष्क्रिय संख्या
०६८ को जनगणनामा निष्क्रिय जनसंख्याको अनुपात ४४.७६ प्रतिशत थियो । ०७८ मा आइपुग्दा यो अनुपात बढेर ३४.३ प्रतिशतमा झरेको छ । जनगणना २०७८ को नतिजाअनुसार ८२ लाख ११ हजार १२ जना आर्थिक रूपमा निष्क्रिय छन् । १० वर्षअघि यो संख्या ९१ लाख ७५ हजार ६ सय ४५ जना थिए । संख्यात्मक हिसाबले यस्तो जनसंख्या नौ लाख ६४ हजार ६ सय ३३ जना छन् । 

निष्क्रिय संख्याभित्रका केही मानिस गणना अवधिमा भने कुनै न कुनै आर्थिक क्रियाकलापमा भने संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैले गर्दा गणनाअवधिमा आर्थिक रूपमा काम गर्नेको संख्या एक करोड ४९ लाख ८३ हजार तीन सय १० जना छन् । त्यसबाहेक ८९ लाख ७५ हजार पाँच सय ५८ जनाले कुनै पनि आर्थिक काम नगरेको प्रतिवेदनमा खुलेको छ । यो संख्या १० वर्षभन्दा माथिको उमेर समूहको कुल जनसंख्याको अनुपातमा ३७.५ प्रतिशत हो ।

किन आर्थिक काम गर्दैनन् ३७.५ प्रतिशत जनसंख्या ?
आर्थिक काम नगर्ने जनसंख्यामध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारण काम नगरेको देखिन्छ । त्यसपछि घरधन्दामा लागेका २१.९ प्रतिशत छन् । वृद्ध अवस्था ११ प्रतिशत, पारिवारिक हेरचाहमा व्यस्त ७.५ प्रतिशत, अन्यमा ७.४ प्रतिशत, अशक्त/बिरामी २.५ प्रतिशत, पेन्सनमा आश्रित २.२ प्रतिशत र सामाजिक कार्य/स्वयंसेवा ०.३ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।