Skip This
नेपालगन्ज नाकामा एकैदिन सातजनामा कोरोना पुष्टि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ चैत १० शुक्रबार २o:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालगन्ज नाकामा एकैदिन सातजनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार २o:१९:oo

पछिल्लो २४ घण्टामा नेपालगन्ज नाकामा सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतको दिल्लीबाट फर्किदै गरेका चार पुरुष र तीन महिला गरी शुक्रबाजनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए। 

एन्टिजेन विधिमार्फत एक सय ६१ जनाको कोरोना जाँच गर्दा दैलेख आठविसकोट गाउँपालिका १ का सातजनामा पुष्टि भएको उनले बताए। 

पुष्टि भएका संक्रमितलाई होम आइसोलेसनमा बस्ने गरि सम्बन्धित गाउँपालिकामा पठाइएको उनले बताए। ‘सम्बन्धित गाउँपालिकासँग समन्वय गरी संक्रमितलाई घर पठाइएको छ,’ उनले भने। 

भारतमा कोरोना संक्रमण बढेपछि जमुनाह नाकामा कडाई गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। 

उनले भारतबाट फर्किने नेपालीलाई सोधपुछ गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको बताए। ‘शंकास्पद ब्यक्तिको कोरोना जाँच गर्ने र अन्यलाई सोधपुछ गरेरमात्र पठाउने गरिएको छ,’ उनले भने। 

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक दामु पुनले भारतबाट फर्किने नेपालीलाई एन्टिजेन परीक्षण गरेको कागजात हेरेरमात्र प्रवेश गर्न दिएको बताए। उनले भारतमा कोरोना संक्रमण देखिएपछि नाकामा कडाई गरिएको बताए।