Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार १७:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेलारुसमा अलपत्र नौ महिला स्वदेश फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार १७:००:००

बेलारुसमा अलपत्र नौजना महिलालाई स्वदेश फर्काइएको छ। शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो। 

स्वदेश फर्कनेमा सानुमाया तामाङ, कविता थापामगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मीना गुरुङ, मार्फा सोताङ राई छन्। 

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन्। 

उनले भनिन्, ‘नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाई काम गर्नुहोला, तपाईंहरूलाई हामी न्याय दिनेछौँ, अपराधीलाई कारबाही गर्नेछौँ।’

उनीहरूलाई विभिन्न संघसंस्थाको सहयोगमा नेपाल फर्काइएको हो। उनीहरू टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको थियो।