१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १० शुक्रबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेताहरूलाई पद गुम्ला भन्ने चिन्ता छ : गगन थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १० शुक्रबार १५:५१:००

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरूलाई पदकै चिन्ता भएको टिप्पणी गरेका छन् । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले नेताहरूमा पद गुम्ला कि भन्ने डर रहेको बताए ।

शुक्रबार साई शिक्षा निकेतन माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा थापाले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीहरूलाई फेरि प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता रहेको उल्लेख गर्दै उनले बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने प्रस्ट पारे ।

‘अहिले म यसो नेताहरू हेर्छु– पटकपटक प्रधानमन्त्री भइसकेको नेतालाई अर्कोपटक प्रधानमन्त्री भइएला कि नभइएला भन्ने डर छ । पटकपटक चुनाव जितेकोलाई अर्कोपटक चुनाव नजितिएला कि भन्ने डर छ । अहिले भइरहेको प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर मलाई हटाइदेलान् कि भन्ने डर छ । भनेको जुनसुकै क्षेत्रमा तपाईं जानुभयो भने, जुनसुकै ठाउँमा पुगेको भए तापनि मान्छेलाई जति छ, त्योभन्दा बढी पाउने इच्छा भइरहन्छ,’ थापाले भने ।

महामन्त्री थापाले बालबालिकालाई एक–अर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरूलाई पहिलो–दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताए ।