१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १३:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले ठूलो इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ : प्रभु साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:३७:oo

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका लागि केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहेकाे बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी एकता घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा सुधार हुने र विकास निर्माणको कामले गति लिने विश्वास व्यक्त गरे ।

‘अहिले प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले केही गरौँ भन्ने इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ । आशा राखौँ– उहाँको कार्यकालमा यी चुनौतीहरूमा सुधार होस् । यी गतिहरूले नयाँ रफ्तार समातोस् भन्ने विश्वास हामी प्रकट गर्न चाहन्छौँ,’ उनले भने ।

अध्यक्ष साहले कृषि पेसालाई सम्मानित बनाउन, बेरोजगारी समस्या समाधान गर्न र राष्ट्रिय स्वाधीनतालाई जोगाउन आफूहरूले पार्टी एकता गर्नुपरेको प्रस्टीकरण दिए ।

ad
ad