मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ९ बिहीबार १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १७:५o:oo

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्।

बिहीबार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। देशमा सुशासन कायम गर्न नसके, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाए पनि अर्थतन्त्र चलायमान हुन नसक्ने उनले प्रस्ट पारे।

मन्त्री श्रेष्ठले अर्थतन्त्रको गतिलाई अघि बढाउन र समृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए। ‘हामीले यदि सुशासन कायम गर्न सकेनौँ, पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न सकेनौँ र व्यापार घाटा कम गर्न सकेनौँ भने समृद्धिको जतिसुकै नारा लगाए पनि हाम्रो अर्थतन्त्र चलायमान हुन सक्दैन। यसको गति अघि बढ्न सक्दैन। यसले देशको समृद्धिको लक्ष्य पूरा गर्न सक्दैन। यसमा सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ,’ उनले भने।

मन्त्री श्रेष्ठले नेपालको धेरै ठूलो व्यापार घाटा रहेको उल्लेख गर्दै व्यापार घाटा घटाउन उत्पादन वृद्धि, प्रतिस्थापनद्वारा आयात नियन्त्रण र निर्यात प्रवर्द्धन गर्न जरुरी रहेको औँल्याए।