१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Friday, 09 May, 2025
रासस काठमाडौं
२o७९ चैत ९ बिहीबार १७:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १७:३७:oo

उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ।

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो। नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपेई रहेका छन्। 

समूह ’ए’ मा  अस्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन्। यसअघि प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो। त्यति वेला नेपाल आफ्नो समूहको विजेता बन्दै दोस्रो चरणमा पुगेको हो। नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइल्यान्डलाई पराजित गरेको थियो।
 
दोस्रो चरणको छनोट आगामी जुन ३ देखि ११ तारिखसम्म हुनेछ। जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन्। उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्चमा हुनेछ। यू–२० महिला एसियन कपमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।