Skip This
५० हजार घुससहित जनकपुर उपमहानगरका वडाध्यक्ष र सचिव पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ८ बुधबार २o:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

५० हजार घुससहित जनकपुर उपमहानगरका वडाध्यक्ष र सचिव पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार २o:५९:oo

जनकपुर उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो। 

उनीहरूलाई रामजानकी हस्पिटलनजिकैबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ। 

जग्गा दर्ता कायम गर्ने सिलसिलामा उनीहरूले सेवाग्राहीबाट घुस लिएको अख्तियार स्रोतको भनाइ छ। नियन्त्रणमा लिइएका चौधरी र रायमाथि थप अनुसन्धान भइरहेको छ।