१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Monday, 30 June, 2025
२o७९ चैत ८ बुधबार o९:४७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुरमा आगामी साता बुस्टर खोप लगाइँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार o९:४७:oo

ललितपुरमा आगामी बिहीबार र शुक्रबार कोरोनाको पहिलो र दोस्रो बुस्टर डोज खोप प्रदान गरिने भएको छ । यसअघि पहिलो बुस्टर खोप लगाउन छुटेका, ५५ वर्षमाथिका, दीर्घरोगी र फन्टलाइनरहरूलाई फाइजरको बायोएनटेक खोप दिन लागिएको हो । 

स्वास्थ्य कार्यालय ललितपुरले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै जिल्लाभरि पहिलो र दोस्रो बुस्टर खोपअन्तर्गत ३१ हजार खोप प्रदान गर्न लागिएको जनाएको छ । कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले जिल्लाका ६ वटै स्थानीय तहबाट खोप प्रदान गर्न लागिएको जानकारी दिए । उनका अनुसार पहिलो बुस्टर लगाउन छुटेका र दोस्रो बुस्टर लगाउनुपर्ने ५५ वर्षमाथिका र दीर्घरोगीको संख्या करिब ६४ हजार छ । जिल्लाका वडा स्वास्थ्य चौकी, विद्यालय र यसअघि खोप लगाएका ठाउँहरूबाट बुस्टर खोप लगाइनेछ ।

हाल ३१ हजार खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य कार्यालयलाई प्रदान गरिसकेको छ । यसबाहेक बाँकी खोप पुनः माग गरिनेछ । उनले पहिलो बुस्टर मात्रा लगाएको ६ महिना र पहिलो तथा दोस्रो नियमित मात्रा लगाएको तीन महिनापछि बुस्टर खोप लगाउन मिल्ने बताए । यो खोप यसअघि जुनसुकै खोप लगाएकाले पनि लगाउन मिल्छ । 

जिल्ला स्वास्थ्य कार्यालयले पहिलो चरणमा ललितपुर महानगरलाई १४ हजार सात सय १८, महालक्ष्मी नगरपालिकामा पाँच हजार सात सय २४, गोदावरी नगरपालिकामा तीन हजार एक सय ८८, महाँकाल गाउँपालिकामा आठ सय ८६, कोन्ज्योसोम गाउँपालिकामा सात सय ४९ र बागमती गाउँपालिकामा चार सय ९० जनामा बुस्टर खोप लगाइनेछ । यसमध्ये महाँकाल गाउँपालिकाले १०, ११ र १२ चैतमा खोप कार्यक्रम राखेको छ । नेपालमा हालसम्म, फाइजर बायोएनटेक, मोर्डना, जोनसन, भेरोसेल साइनोफम, एक्ट्राजेनिका र कोभिसिल्ड खोप लगाइएको छ ।