१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ८ बुधबार o७:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘आर्थिक र मौद्रिक नीतिबीच तालमेल नमिल्दा आर्थिक समस्या’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार o७:३७:oo

सरकारको नीति र राष्ट्र बैंकको मौद्रिकी नीतिबीच तालमेल नहुँदा अर्थतन्त्रमा समस्या देखापरेको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग देशको अर्थतन्त्रबारे गरेको छलफलमा व्यवसायीहरूले यस्तो बताएका हुन् । 

रास्वपाको संसदीय दलका नेता डोलप्रसाद अर्याल नेतृत्वको टोलीलाई महासंघ अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र गम्भीर अवस्थामा पुग्नुका कारणबारे जानकारी दिँदै बाह्य क्षेत्रमा केही सुधार देखिए पनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको बताएका थिए । 

उनले कतिपय देशको तुलनामा विदेशी मुद्रा सञ्चिति, मुद्रास्फीति, आन्तरिक एवं बाह्य ऋणको अनुपातका हिसाबले नेपालको अर्थतन्त्र मजबुत देखिएको बताएका थिए । चर्को ब्याजदर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्ततालगायतका सूचकांकका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ताजनक नै रहेको उनको भनाइ थियो ।

कोभिडलगत्तै ‘ओभर हिटेड’ भएको अर्थतन्त्रको सही विश्लेषण गरेर नीति लिनुुपर्नेमा त्यसमा विचार नगरी अधिक तरलता छोड्दा अहिलेको समस्या आएको अध्यक्ष गोल्छाले बताएका थिए । ‘यसरी अर्थतन्त्रमा संकट आउँदा न हामीले पर्याप्त मात्रामा बाह्य लगानी ल्याउन सक्याँै, न त बाह्य ऋण नै । दल तथा सरकार वितरणमुखी भइदिँदा अर्थतन्त्रमा समस्या आएको हो,’ गोल्छाले भने । पुँजीगत खर्च लक्ष्यअनुसार नहुँदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको उनको आरोप थियो ।

छलफलमा रास्वपाका संसदीय दलका नेता अर्यालले मुलुकको अर्थतन्त्र र उद्योग व्यवसायको मुद्दामाथि छलफल एवं अध्ययन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने बताउँदै अर्थतन्त्रको इन्जिन निजी क्षेत्रको रहेको धारणा राखेका थिए ।छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन अपरिहार्य रहेको तथा अर्थतन्त्र, उद्योग–व्यवसायसम्बन्धी नीति–निर्माण गर्दा निजी क्षेत्रसँग पर्याप्त छलफलपश्चात् मात्र ल्याउने अभ्यास गर्नुपर्ने र मुलुक बनाउने कुरामा आफ्ना स्वार्थलाई छोडेर निर्णय गर्न सक्ने परिपाटी दलहरूमा बसाल्नुुपर्ने सुुझाव दिएका थिए ।