
दाङको राप्ती बबई क्याम्पसमा मतदान कार्य रोकिएको छ।
अनधिकृत रूपमा परिचयपत्र भेटिएपछि मतदान कार्य रोकिएको हो। दिउँसो २ बजेतिर रोकिएको मतदान कार्य साढे ३ बजेसम्म पनि सुचारु हुन सकेको छैन।
अहिले मतदान सुचारु गर्नका लागि छलफल भइरहेको छ। नेविसंघले तालाबन्दी गरेका कारण ५ गते क्याम्पसमा मतदान हुन सकेको थिएन। त्यसपछि भएको छलफलले आज मतदान गर्ने मिति तय गरिएको थियो।