Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ चैत ७ मंगलबार ०८:४५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाघको आक्रमणबाट दुई महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ चैत ७ मंगलबार ०८:४५:००

बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मधुवन नगरपालिका– ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मधुवन नगरपालिका– ५ मा रहेको चिरौटे सामुदायिक वनमा घाँसदाउरा काट्न गएका वेला उनीहरूमाथि बाघले आक्रमण गरेको हो । 

सोमबार दिउँसो करिब १२ बजेतिर चारजना महिला भारतसँग सीमा जोडिएको चिरौटे सामुदायिक वनमा घाँस दाउरा खोज्न गएका थिए । त्यही वेला धनसरा र समुन्द्रीलाई बाघले आक्रमण गरेपछि अन्य दुई महिलाले भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन् । उनीहरूले गाउँ फर्किएर बाघको आक्रमणबारे खबर गरेपछि स्थानीय खोज्न गएका थिए ।

खोज्ने क्रममा धनसरा र समन्द्रीको शव भेटिएको थियो । यस क्षेत्रमा पाटेबाघको आक्रमणबाट हालसम्म ११ जनाको ज्यान गइसकेको खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए ।