१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समयसीमा बढाउन राप्रपा नेपालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३८:oo

राप्रपाले बैंक र विभिन्न वित्तीय संस्थाको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समयसीमा बढाउन माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लघुवित्तको ऋणचक्रमा परेका विपन्न परिवारलाई ऋणमुक्त पार्न प्रभावकारी कदम चाल्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

साना किसान र साना व्यवसायीहरूको दुरावस्थालाई ध्यानमा राखी ऋणमुक्त गराउने नीति ल्याउन सरकार अग्रसर हुनुपर्नेमा बैठकले जोड दिएको छ । यस्तै, महँगी नियन्त्रण गर्न तत्काल सशक्त र प्रभावकारी कदम चाल्न तथा पुँजीबजारका लगानीकर्ताहरूको आर्थिक सुरक्षामा तत्काल ध्यान दिन पनि राप्रपा नेपालले सरकारसँग माग गरेको छ ।

बैठकले संगठन विस्तारका क्रममा काठमाडौं उपत्यकाभित्रका सबै वडामा चैत मसान्तभित्र एकाइ समिति गठन गर्ने, प्राथिमिकताप्राप्त १५ जिल्लाका वडामा वैशाख मसान्तभित्र एकाइ समिति गठन गर्ने, अन्य जिल्लामा कम्तीमा पालिका तहमा जेठ महिनाभित्र एकाइ समिति गठन गर्ने कार्ययोजना पारित गरेको छ ।

बैठकले जिल्लागत जिम्मेवारी दिई ६ वटा विभिन्न टोली बनाएर जिल्ला पठाउने निर्णय गरेको छ । नेताहरू राजीव पराजुली, श्याम तिमिल्सिना, सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङलगायत खटिने निर्णय भएको छ ।

वैशाखको दोस्रो साता संयुक्त जनप्रदर्शन गर्ने र पुस महिनाभित्र जनवर्गीय संगठनको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।