
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। सोमबार पत्रकार सम्मेलन गरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसबारे जानकारी गराएको हो।
थ्री नेसन्स कपमा नेपाल, भुटान र लावसले प्रतिस्पर्धा गर्नेछन्। तीन खेल दशरथ रंगशालामा सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ। उत्कृष्ट दुई देशबीच फाइनल खेल हुनेछ। प्रतियोगिता फिफा विन्डोअन्तर्गतका मितिहरूमा खेलिने पनि एन्फाले जनाएको छ।
प्रतियोगिताका लागि दुवै देशका टोली नेपाल आइसकेका छन्। प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ ५ सय र भिआइपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर तोकेको छ।
प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ३ हजार अमेरिकी डलर, हरेक खेलको म्यान अफ दी म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर प्रदान गरिनेछ।