Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ६ सोमबार १५:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हामीले सरकारलाई दिएको समर्थन ‘कबुलियतनामा’ होइन : रास्वपा उपसभापति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ६ सोमबार १५:५०:००

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले अब पनि राजनीतिक पार्टी असफल भए युवाको आशा र भरोसा गुम्न सक्ने परिस्थिति आउने उल्लेख गरे। 

उनले भने, ‘हामीले जनविश्वासलाई टुट्न नदिने प्रण गर्नुपर्छ किनकि मुलुक र जनताको अवस्था परिवर्तन गर्ने दृढ इच्छाशक्ति बोकेर हामी राजनीतिमा प्रवेश गरेका हौँ। हामीलाई असफल हुने छुट छैन। अत्यन्त ढिलो भइसकेको छ, हामीलाई अब पनि थप समय लिने छुट छैन।’

यसअघिको सम्झौताअनुसार न्यूनतम साझा कार्यक्रमले निरन्तरता पाउने आशाका साथ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउँदै उपसभापति अर्यालले आगामी दिनमा पनि सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध हुने उल्लेख गरे। 

‘हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन। नागरिकका मुद्दामा इमानदारी गुमाएको दिन हामी प्रतिपक्षमा उभिनेछौँ,’ उनले भने।