मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ६ सोमबार १४:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुनै आधार र कारण छैन : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ६ सोमबार १४:१६:००

नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कुनै कारण नभएको दाबी गरेको छ ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा एमाले सांसद विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले सिंगो सदनलाई नै प्रस्तावको विपक्षमा उभिन आग्रह गरे ।

‘जस्तो परिस्थितिमा, जस्तो पृष्ठभूमिबाट गुज्रिँदै आज उहाँ (प्रचण्ड) यो परिस्थितिमा आाइपुग्नुभएको छ । र, जसरी उहाँले विश्वासको मत मागिरहनुभएको छ सदनसमक्ष, मलाई के लाग्छ भने उहाँलाई विश्वासको मत दिन सकिने कुनै आधार र कुनै कारण देखिएन,’ पौडेलले भने ।

कांग्रेससहितको गठबन्धनले सरकार दिन नसकेपछि प्रचण्ड एमालेलगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेको उनले स्मरण गराए । प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्नासाथ एमालेसहितका दलहरुसँग दूरी कायम गरेर पुरानै गठबन्धनमा फर्केकाले विश्वास गर्ने आधार नभएको पौडेलको तर्क छ ।