१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २४ सोमबार १३:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाही क्याम्पसमा अनेरास्ववियु र जनज्योतिमा गठबन्धन विजयी

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१४:oo

सर्लाही क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका धर्मेन्द्र राय विजयी भएका छन्। स्ववियु निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा ५५ मतान्तरले राय स्ववियु सभापतिमा निर्वाचित भएका हुन्। 

रायले तीन सय ८६ मत प्राप्त गरे। निकटतम प्रतिस्पर्धी देखिएका कांग्रेससम्बद्ध विद्यार्थी  संगठन नेविसंघका सुजितकुमार यादवले तीन सय ३१ मत मात्र प्राप्त गरे। 

यस्तै, सभापतिसहित नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुकी कोषाध्यक्षमा अनु अधिकारी र सदस्यहरूमा सुवास यादव, कृष्णनन्दन साह कानु र निशाकुमारी मिश्र विजयी भएकी छिन्। अधिकारीले दुई सय ७८, सदस्यमा यादवले तीन सय ८१, साहले दुई सय ९२ र मिश्रले दुई सय ९१ मत प्राप्त गरे।

यस्तै स्ववियु उपसभापतिमा नेविसंघ प्यानलका मो. कौशर अली विजयी भएका छन्। उनले तीन सय ७१ मत प्राप्त गरे। उनकाे निकटतम प्रतिस्पर्धामा देखिएका मधेसी विद्यार्थी गठबन्धनका आकाशकुमार यादवले दुई सय ६१ मत मात्र पाए। यस्तै, सचिवमा नेविसंघका कृष्णकुमार यादव तीन सय ५० मतसहित विजयी भएका हुन्। 

यस्तै, सहसचिवमा नेविसंघकै नितुकुमारी विजयी भइन्। उनले तीन सय १३ मत प्राप्त गरिन्। यस्तै बाँकी सदस्यहरूमा नेविसंघका चन्दन महतो (३२९), रुवी खातुन (३१९) र रञ्जना यादव (२९६) मतसहित विजयी भएका हुन्। यस क्याम्पसमा नेपाल विद्यार्थी संघ र नेपाल समाजवादी विद्यार्थी युनियनले गठबन्धन गरेका थिए भने अनेरास्ववियु र विद्यार्थी जनमत संघले गठबन्धन गरेका थिए। 

यस्तै, मधेसी विद्यार्थी गठबन्धन प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए। तर, याे प्यालनले कुनै पनि जित हात पार्न सकेन।

जसमा अनेरास्ववियु प्यानलबाट सभापतिसहित पाँचजना विजयी भएका छन् भने नेविसंघ प्यानलबाट उपसभापतिसहित ६ जना विजयी भएका छन्। २२ सय ३७ मतदाता विद्यार्थी रहेको यस क्याम्पसमा एक हजार १२ अर्थात् ४५.२३ प्रतिशतले मात्र मतदान गरेका थिए।

जनज्योति बहुमुखी क्याम्पसमा गठबन्धनको प्यानल विजयी 

यस्तै सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्व प्यानल विजयी भएको छ।

तीन विद्यार्थी संगठनकोे गठबन्धनअन्तर्गत कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुले संयुक्त प्यानल खडा गरेका थिए। नेकपा एमालेनिकट अनेरास्ववियुले एकल उम्मेदवारी दिएको थियो। 

संयुक्त प्यानलबाट स्ववियु सभापतिमा नेविसंघका अभिमन्यु चौधरी एक सय ९२ मतान्तरले विजयी भएका हुन्। सभापतिमा विजयी चौधरीले चार सय ४१ मत ल्याउँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका गान्दिप बरालले दुई सय ४९ मत प्राप्त गरे । यस्तै, सचिवमा संयुक्त प्यानलबाटै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अनिताकुमारी बुढाथोकी तीन सय ५७ मत ल्याई विजयी भइन् । उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी रेणु पोखरेलले तिन सय १५ मत प्राप्त गरिन्।

त्यस्तै, कोषाध्यक्षमा संयुक्त प्यानलकै नेकपा एसनिकट अनेरास्ववियुका एलोज खड्का तीन सय १४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेनिकट अनेरास्ववियुका विमलेश चौधरीले दुई सय १६ र जसपा नेपालनिकट समाजवादी विद्यार्थी युनियनका ज्ञानेश्वर मण्डल खत्वेले एक सय पाँच मत प्राप्त गरेका छन् । सदस्यहरूमा संयुक्त प्यानलका विवेककुमार दास (४४१), अंशु पोखरेल (४३९), निर्मल अधिकारी (४२६), अनिस खड्का (४२५), प्रज्वल माझी (४२५) र रोहितकुमार कार्की (४११) मतसहित विजयी भएका छन्।

समानुपातिकतर्फ नेविसंघले चार सय तीन, अनेरास्ववियुले दुई सय ३८ र अखिल क्रान्तिकारीले ४६ मत प्राप्त गरेका छन्। समानुपातिकमा १६ मत बदर भएको छ। समानुपातिकबाट प्राप्त मतकै आधारमा थप ६ जना सदस्य चयन गरी त्यसैमध्येबाट उपसभापति र सहसचिव चयन गरिने भएको छ।

यस क्याम्पसमा स्नातक तह र स्नातकोत्तर तहमा भर्ना भएकामध्ये नाै सय ९६ विद्यार्थीमध्ये सात सय तीनजनाले मतदान गरेका थिए। राति अबेरबाट मतगणना सुरु गरी सोमबार बिहान सम्पन्न गरिएको थियो। 

ad
ad