१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार o८:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीयमा भारतको ठूलो हार

दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले दुई सय ३४ बल बाँकी रहँदै भारतलाई दश विकेटले हरायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:१८:oo

एकदिवसीय क्रिकेट खेलमा आइतबार भारतले अहिलेसम्मकै ठूलो हारको सामना गरेको छ । विशाखापट्टनममा भएको दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतमाथि १० विकेटको जित निकाल्यो । पहिले ब्याटिङ गरेको भारत २६ ओभरमै एक सय १७ रनमा समेटियो । प्रत्युत्तरमा अस्ट्रेलियाले ११ ओभरमा कुनै पनि विकेट नगुमाएर एक सय २१ रन जोड्यो । अस्ट्रेलियाले भारतलाई दुई सय ३४ बल बाँकी छँदै हराएको हो । 

यसअघि भारत सन् २०१९ मा हेमिल्टनमा भएको खेलमा न्युजिल्यान्डसँग दुई सय १२ बल बाँकी रहँदा पराजित भएको थियो । न्युजिल्यान्डले पनि भारतलाई १० विकेटले नै पाखा लगाएको थियो । अस्ट्रेलियाको सानदार जितमा मिचेल मार्स र ट्रभिस हेडले विस्फोटक ब्याटिङ गरेका थिए । मिचेलले ३६ बलमा समान ६ चौका र छक्का प्रहार गरी सर्वाधिक ६६ रनको योगदान दिए । 

ओपनर हेडले ३० बलमा ५१ रनको अविजित इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा १० चौका प्रहार गरेका थिए । भारतका हार्दिक पाण्ड्याले एक ओभरमा १८ रन खर्चे ।मोहमद सिराजले तीन ओभरमा ३७ रन दिएका थिए । यसअघि ब्याटिङमा भारतका ब्याट्सम्यानले अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कको घातक बलिङ सामना गर्न सकेनन् । स्टार्कले ८ ओभरमा एक मेडन राखी ५३ रन खर्चंदै पाँच विकेट लिए । 

सिन अबोटले तीन तथा नाथन इलिसले दुई विकेट हात पारेका थिए । भारतको कमजोर ब्याटिङमा विराट कोहलीले सर्वाधिक ३१ रनको योगदान दिए । उनले ३५ बलमा चार चौका प्रहार गरे । रवीन्द्र जडेजा र अक्षर पटेलबीच सातौँ विकेटका लागि २० रनको साझेदारी भएको थियो । कप्तान रोहित शर्मा र विराटबीच दोस्रो विकेटका लागि २९ रनको साझेदारी भयो । रोहितले १५ बलमा दुई चौकाको सहयोगमा १३ रन बनाए । 

अक्षरले २९ बलमा दुई छक्का र एक चौका प्रहार गरी २९ रन बनाए । भारतका चारजना ब्याट्सम्यान डकआउट भएका थिए । भारतले इनिङ्सको तेस्रो बलमै शुभमान गिललाई शून्य रनमा गुमाएको थियो । भारतले इनिङ्सको ४.४ र ४.५ ओभरमा लगातार विकेट गुमाएको थियो । 

ad
ad