१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Thursday, 13 June, 2024
२o७९ चैत ६ सोमबार o६:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

पितामाथिको विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार o६:११:oo

एकपटक एउटा हवाईजहाज युरोपबाट अमेरिकाको यात्रामा थियो । हवाईजहाज आन्ध्रमहासागरमाथि उडिरहेको थियो । सबै यात्रु आआफ्नो धुनमा थिए । कोही किताब पढिरहेका थिए । कोही मस्त निद्रामा थिए । कोही विमानको झ्यालबाट बाहिरतिर हेरिरहेका थिए । कोही मोबाइलमा गेम खेलिरहेका थिए । कोही भने आफ्नो सिटअगाडिको स्क्रिनमा सिनेमा हेरेर समय बिताउँदै थिए । 

यत्तिकैमा विमानमा प्राविधिक गडबडी आयो । विमान असन्तुलित भयो । विमान एकैपटक निकै तल झ¥यो । सबै यात्रुको सातो गयो । सबै डरले चिच्याउन थाले । सबै यात्रु आफूले जानेसम्मका देवीदेउता भाक्न थाले । कोही घरपरिवारका आफन्तलाई सम्झेर रुन थाले । कोही एक–अर्कालाई अँगालो मारेर अन्तिम बिदाइस्वरूप रुन थाले । विमानको एकछेउको सिटमा एउटी अन्दाजी १२–१३ वर्षकी बालिका बसेकी थिइन् । उनी आरामले मोबाइलमा कुनै खेल खेलेर रमाउँदै थिइन् । विमानमा यस्तो कोलाहल मच्चिँदा पनि उनमा कुनै चिन्ता देखिन्नथ्यो । यस्तो लाग्थ्यो– उनले विमानमा मच्चिएको कोलाहल सुनेकै छैनन् । 

संयोगले केहीछिनपछि विमानको गडबडी आफैँ ठीक भयो र विमान स्थिर भएर आफ्नै मार्गमा उड्न थाल्यो । सबैले लामो सास लिए । भगवान्लाई हार्दिकतापूर्वक धन्यवाद दिए । एक–आपसमा बधाई साटासाट गरे । ती बालिकासँगैको सिटमा बसेका एक यात्रुले उनीतिर हेर्दै प्रश्न गरे– नानी, विमानमा यति धेरै खलबली मच्चिँदा पनि तिमीलाई कुनै डर लागेन ? तिमी त आरामसाथ खेलमै मग्न देखिन्थ्यौ । तिमी कान त सुन्छ्यौ नि ? 

बालिकाले उनीतिर पुलुक्क हेर्दै जवाफ दिइन्– सुन्छु अंकल, मजाले सुन्छु । यात्रुले पुनः प्रश्न गरे– त्यसो भए विमानमा त्यति ठूलो खैलाबैला मच्चिँदा पनि तिमीले किन कुनै प्रतिक्रिया जनाइनौ त ? बालिकाले सहजतापूर्वक जवाफ दिइन्– यो विमान मेरा बाबाले उडाउँदै हुनुहुन्छ । र, उहाँ मलाई कहिल्यै कुनै दुःखमा पार्न सक्नुहुन्न । मलाई मेरो बाबामाथि पूरापुर विश्वास छ । त्यसैले म केही गलत हुन्छ कि भनेर कत्ति पनि डराइनँ । 
 

ad
ad
ad
ad
ad
ad