Skip This
प्रधानमन्त्री उपस्थित हुँदा मन्त्रीले विधेयक प्रस्तुत गरेकोमा एमालेको आपत्ति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री उपस्थित हुँदा मन्त्रीले विधेयक प्रस्तुत गरेकोमा एमालेको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२७:oo

नेकपा एमालेले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा प्रधानमन्त्री स्वयंलाई प्रस्तुत गर्न रुलिङ माग गरेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा रोस्ट्रममा गएपछि एमाले सांसदहरूले विरोध गर्दै प्रधानमन्त्रीलाई नै विधेयक प्रस्तुत गर्न सभामुख देवराज घिमिरेसँग रुलिङ माग गरेका हुन् ।

नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले प्रस्तुत गर्नुपर्ने र प्रधानमन्त्री संसदमा भएको वेलामा अन्य मन्त्रीलाई लगाउनुको औचित्य पुष्टि गर्न माग गरे । प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न दिनु संसद्को गरिमालाई अवहेलना गर्नु रहेको उनको तर्क छ ।

त्यस्तै, एमालेका सांसद योगेश भट्टराईले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने बताए । प्रधानमन्त्री हुँदाहुँदै अर्को मन्त्रीलाई पेस गर्न लगाउनु उचित नहुने उनको भनाइ छ ।