
प्युजो र सिट्रोन आधिकरिक विक्रेता सांग्रिला मोटाेर्स प्राइभेट लिमिटेडले बिक्री गर्दै आएको गाडीहरूमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ ।
बैंक र सांग्रिला मोटोर्सबीच भएको सम्झौताअनुसार अब प्युजो र सिट्रोनका गाडीहरू खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटोर्सको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।
यो योजना सांग्रिला मोटोर्स प्राइभेट लिमिटेडको आधिकारिक विक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरूबाट नेपाल भरी लागू हुनेछ।