
नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाएको छ।
पार्टी कार्यालय मीनभवनमा आइतबार बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो।
यस्तै, महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाइएको प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ पत्रिकालाई जानकारी दिए ।
यस्तै, बैठकमा सत्तापक्षमा बस्ने र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । सरकारमा सहभागी हुने विषयमा भने परामर्श जारी राख्ने निर्णय गरेको छ ।