१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ५ आइतबार १३:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसले ह्विप लगाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ५ आइतबार १३:१४:००

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप जारी गर्ने भएकाे छ ।

कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप लगाउने निर्णय गरेकाे हो । आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकबाट समेत कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

संसदीय दलको बैठकका निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले भने, ‘नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय आजको निर्णय गरेको छ । तदनुरूप नेपाली कांग्रेस संसदीय दलले ह्विप जारी गर्छ ।’