१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
Invalid date format १४:४२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तेस्रो लिगलिगे साइकल दौडको उपाधि हिमाल टमाटालाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका हिमाल टमाटाले जितेका छन् । ५३ किलोमिटर दूरी दुई घण्टा २४ मिनेट २७ सेकेन्डमा पूरा गर्दै उनी विजेता बनेका हुन् ।

लिगलिग भिलेज स्पोर्टसले आयोजना गरेको पहिलो साइकल दौड प्रतियोगितामा दोस्रो बनेका टमाटा दोस्रो प्रतियोगितामा चौथो भएका थिए । कञ्चनपुरका टमाटाले तेस्रो संस्करणको प्रतियोगितामा उपाधि उचालेका हुन् ।

गत वर्षका विजेताले भन्दा कम समयमा टमाटाले दौड पूरा गरेका हुन् । दोस्रो लिगलिगे साइकल दौडका विजेताले दुई घण्टा ५८ मिनेटमा निर्धारित दूरी पूरा गरेका थिए । टमाटाले सन् २०१९ मा भएको १३औँ सार्कमा साइकल दौडमा नेपालको तर्फबाट स्वर्ण जितेका थिए ।

प्रतियोगितामा दुई घण्टा २४ मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो भए भने दुई घण्टा २४ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै काठमाडौंका कुमार तामाङ तेस्रो भए । चौथो भएका लक्ष्मण मल्लले दुई घण्टा २५ मिनेट ४१ सेकेन्ड तथा पाचौँ भएका मानबहादुर थापामगरले दुई घण्टा २५ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरे ।

पहिलोदेखि पाँचौँ हुनेले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, १५ हजार र ७ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएका लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

मेन पुरुषतर्फ दुई घण्टा ३२ मिनेट चार सेकेन्डमा ५३ किलोमिटर दुरी पार गर्दै हर्क लामा विजेता बने । दोस्रो भएका विकास महर्जन र तेस्रो भएका देवबहादुर बोहोराले क्रमशः दुई घण्टा ४९ मिनेट ५५ सेकेन्ड र दुई घण्टा ५२ मिनेट २१ सकेन्डमा निर्धारित दूरी पार गरे । यो समूहमा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिताको विभिन्न विधामा दुई विदेशीसहित ३९ जना सहभागी भएका लिगलिग भिलेज स्पोर्टसका निवर्तमान अध्यक्ष सञ्जीव रानाले बताए। प्रतियोगितालाई तीन फरक भागमा विभाजन गरेर आयोजना गरिएको थियो । पुरुष कुलीन, पुरुष मास्टर र स्थानीय गरी तीन विधा तोकिए पनि स्थानीय भने सहभागी नभएका आयोजकले जनाएको छ ।