Skip This
अर्थतन्त्र सुधार्न राष्ट्रपतिलाई परिसंघको सुझाव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र सुधार्न राष्ट्रपतिलाई परिसंघको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

नेपाल उद्योग परिसंघ (सिएनआई)को प्रतिनिधिमण्डलले शुक्रबार नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर वर्तमान अर्थतन्त्रका बारेमा जानकारी गराएको छ । भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले देशको चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधारबारे निजी क्षेत्रको तर्फबाट सुझाव दिएका थिए ।

समष्टिगत रूपमै बजारको मागमा उच्च कमी आउँदा अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको बताउँदै अध्यक्ष अग्रवालले अर्थतन्त्र सुधारका लागि मागमा वृद्धि ल्याउनुपर्ने र ब्याजदर घट्नुपर्ने राष्ट्रपति पौडेलसमक्ष बताए । परिसंघले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा पनि उनले राष्ट्रपतिसमक्ष पेस गरे । 

भेटमा राष्ट्रपति पौडेलले परिसंघबाट आएका सकारात्मक सुझावहरू कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिए । प्रतिनिधिमण्डलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोर, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरू शिवरतन सारडा, बालकृष्ण श्रेष्ठ, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।