मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत ३ शुक्रबार २२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुरोटबाट सल्किएर आगो लाग्दा निसासिएर एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ चैत ३ शुक्रबार २२:४६:००

दाङमा एक महिलाको निसासिएर मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–५ देविस्थाननिवासी ४० वर्षीया पार्वती घर्तीको निसासिएर मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शरीर नजलेको तर, निसासिएर मृत्यु भएको अवस्थामा पार्वतीको शव फेला परेको थियो । घर्ती बिहीबारराति साइला काकाको घरबाट निस्केर आफ्नो घरमा  गएकी थिइन् । 

उनको टिनले छाएको एक कोठे कच्चीघर थियो । त्यहाँ उनी एक्लै बस्दै आएकी थिइन् । उनका१६, १९ र २० वर्षका तीन छोरा छन् । उनीहरू रोजगारीका लागि काठमाडौंमा छन् । 

चुरोट सल्काएर फाल्दा घरभित्र आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ‘उहाँ प्रायः मादक पदार्थ सेवन गर्नु हुन्थ्यो भने नजिकका आफन्तले भन्नुभएको छ,’ इन्सपेक्टर केसीले भने, ‘बिहीबार राति पनि मादकपदार्थ खाएर अचेत अवस्थामा रहेको र चुरोट खाएर फाल्दा ओछ्यानमा सल्किएर आगलागी भएको हुन सक्ने हाम्रो अनुमान छ ।’ 

आगलागी पछि उनले ढोका खोल्ने प्रयास गरेको पनि पाइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार ढोकानजिकै उनी मृत भेटिएकी थिइन् । बिहान ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरीले ढोका खोल्दा उनी मृत भेटिएकी थिइन् । उनका श्रीमान् प्रहरी थिए । तर, एक वर्षअघि सम्बन्ध विच्छेद भएको स्थानीयले बताएका छन् ।