Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार १५:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३:३० बाट मतगणना, ५ बजे परिणाम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार १५:२२:००

उपराष्ट्रपति चयनका लागि भएको मतदान सम्पन्न भएको छ। मतगणना ३ः३० बाट सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

स‌ंघतर्फ तीन सय ११ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन सय ३२ तथा प्रदेश सभाका पाँच सय ५० मतदाता थिए। 

आज अपराह्न ५ बजेभित्रै परिणाम घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ। ५ बजे परिणाम घोषणा गरेर आजै नवनिर्वाचित उपराष्ट्रपतिलाई प्रमाणपत्र दिने तयारी रहेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए। 

गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन्। संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार कायम गरिएको छ। निर्वाचनमा कुल ५२ हजार ६ सय २८ मतभार कायम छ।