१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख घिमिरेको टिप्पणी- पत्रकार बिक्रीमा छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४७:oo

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्। शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन्। 

सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे। 

मुलुकमा पीत पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको भनाइ थियो। पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै उनले त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए। 

सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए। उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए। 

सभामुख घिमिरेले भने, ‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नुपर्दथ्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो । त्यो खालको छैन । पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे–जे कारणले भए पनि तिनीहरू प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू । अब पत्रकारहरू बिक्रीमा छन्। बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढंगबाट गरेको छ । त्यसको प्रभाव हाम्रो सोसाइटीमा निकै परेको छ । यसबाट मुक्त भएर पत्रकारिता र सरकारको बीचमा कसरी सम्बन्ध राम्रो बनाएर लैजाने होला ? यी र यस्ता समस्यालाई कसरी हल गर्ने ? योचाहिँ अलि समस्या हो । यो समस्याको समाधान गर्नु तपाईं–हाम्रो कर्तव्य हो जस्तो लाग्छ । यो समस्याको हल गर्नुपर्छ । किनभने यी हाम्रा समस्या हुन् । तर, अब राज्यले कुनै पनि ऐन, कानुन ल्याउँदाखेरि लुकेर, छिपेर एकैचोटि ल्याउनुपर्ने त होइन नि !’

सभामुख घिमिरेले कानुनको अभावमा मुलुकमा ठगीहरू बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने बताए। 

उनले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र मुलुकलाई सही बाटोमा अघि बढाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले पत्रकारले सोहीअनुसार सञ्चारका कामहरू गर्नुपर्नेमा जोड दिए। भेटवार्तामा महासंघका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानुन निर्माणमा नेतृत्वदायी निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराए।