
उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताएका छन्।
शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले संविधानको पालना गर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए। उनले नेपाललाई समतामूलक समृद्ध मुलुकको रूपमा विकसित गर्न आफ्नो भूमिका रहने बताए।
उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्णविश्वास छ, गठबन्धनका सबै सदस्यले मत दिएर मलाई जिताउनुहुनेछ। संविधानमा राष्ट्रपति-उपराष्ट्रपतिको काम–कारबाहीको बारेमा उल्लेख गरिएको छ। राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु। संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ। नेपाललाई समतामूलक समृद्ध मुलुकको रूपमा विकसित गर्न मेरो भूमिका छ। म इमानदारीपूर्वक जनताको पक्षमा काम गर्नेछु।’
उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफू नै सत्तागठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गरे। १० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छन्।
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका