मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ३ शुक्रबार १२:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१० दलले संविधानको मर्ममाथि प्रहार गरे : अष्टलक्ष्मी शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ३ शुक्रबार १२:४०:००

उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर संविधानको गलत ट्रेन्ड बसालिएको बताएकी छिन् ।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । आवश्यक्ताका कारण आफू उपराष्ट्रपतिमा उठेको प्रस्टीकरण दिँदै शाक्यले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताइन् ।

संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरूप गलत ट्रेन्ड बसाएको उनको आरोप छ । ‘म जित्नेमा ढुक्क छु । १० दल एकातिर बसे पनि अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने, संविधानको अपव्याख्या गरेर संविधानको भावनाअनुरूप गलत ट्रेन्ड बसा’को छ, यो एकदमै गलत भयो,’ शाक्यले भनिन् ।