
राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा नियुक्ति पाउनेको संख्या पाँच पुगेको छ ।
राष्ट्रपतिको सचिवालयमा बिहीबार खिला कार्कीलाई प्रेस संयोजनसमेत गर्ने गरी नियुक्त गरिएको छ । फोटोग्राफरमा अनिश रेग्मी र सचिवालयमा सुशील तिमल्सिनालाई नियुक्त गरिएको छ ।
राष्ट्रपति पौडेलले जिम्मेवारी सम्हालेपछि सचिवालयमा दोस्रोपटक नियुक्ति गरेका हुन् । मंगलबार राष्ट्रपतिले प्रमुख स्वकीय सचिवमा डा. सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका थिए । यससँगै सचिवालय पाँचसदस्यीय बनेको छ ।