Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठक । तस्बिर : रासस
प्रेम गौतम काठमाडाैं
२०७९ चैत २ बिहीबार ०७:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपराष्ट्रपतिमा एउटै उम्मेदवार बनाउन गठबन्धन असफल

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ चैत २ बिहीबार ०७:१४:००

प्रधानमन्त्रीले भने–यो गठबन्धनको यात्रा लामो छ, गठबन्धन एक रहेको सन्देश दिन पनि एकजना मात्र उम्मेदवार बनाएर जाऔँ

सत्तागठबन्धनमा रहेका दलहरू उपराष्ट्रपतिमा एक मात्रै उम्मेदवार बनाउने प्रयासमा असफल भएका छन् । बुधबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा सहमति जुट्न सकेन ।

शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । उपराष्ट्रपतिमा गठबन्धनमा रहेका दल जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झाको उम्मेदवारी छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट एउटै उम्मेदवार बनाएर जानुपर्नेमा जोड दिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एउटै उम्मेदवार बनाएर जानुपर्ने बताएका थिए । तर, जनमतका अध्यक्ष सिके राउतले उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी कायमै रहने अडान लिए । 

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबाट एउटै उम्मेदवार बनाएर जानुपर्नेमा जोड दिएका थिए । तर, जनमतका अध्यक्ष सिके राउतले उपराष्ट्रपति महिला हुनुपर्ने भन्दै आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी कायमै रहने अडान लिए ।

प्रधानमन्त्री प्रचण्डले बैठकमा भनेको उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीले गठबन्धन एक रहेको सन्देश दिन उपराष्ट्रपतिमा साझा उम्मेदवार बनाएर जानुपर्छ । यो गठबन्धनको यात्रा लामो छ, त्यसकारण गठबन्धनबाट एकजना मात्र उम्मेदवार बनाएर जाऔँ ।’ प्रचण्डको भनाइमा देउवा र नेपालले समर्थन गर्दै एकजुट भएर जानुपर्नेमा जोड दिएका थिए । ‘हामीले पूर्वसहमतिअनुसार निर्णय गरिसकेका छौँ । हामी एकजुट भएर जानुपर्छ । विपक्षीहरूले खेल्ने ठाउँ दिनुहुँदैन,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । 

नेपालले राष्ट्रपतिमा जस्तै उपराष्ट्रपतिमा पनि गठबन्धनले एकताको सन्देश दिनुपर्ने बताएका थिए । ‘राष्ट्रपतिमा विभिन्न हल्ला चलेका थिए । हामीले एकताको राम्रो सन्देश दियौँ । अब उपराष्ट्रपतिको निर्वाचनमा पनि हामीले त्यस्तै सन्देश दिनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने । जसपा अध्यक्ष उपेन्द्र यादवले संविधानमा वा भएकाले राष्ट्रपति र उपराष्ट्रपति समुदाय फरक हुनु संविधानसम्मत नै हुने बताएका थिए । ‘हाम्रो उम्मेदवारी संविधानअनुसार नै हो । केही गडबड हुन्छ कि भनेर हामीले महिला उम्मेदवार पनि अघि सारेका थियौँ । सर्वोच्चले रिट नै दरपिठ गरिसकेपछि हाम्रोतर्फबाट एकजना मात्रै उम्मेदवार कायम हुनुभएको छ । गठबन्धनमा सहमति गरेर एकताको सन्देश दिऔँ ।’

उन्मुक्तिको जोड महिला उम्मेदवारमै
बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि सहमतिमै जोड दिएका थिए । तर, जनमतका अध्यक्ष राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने बताएका थिए । ‘संविधानको मर्म र जनताको चाहनाअनुसार पनि गठबन्धनले महिला उम्मेदवारलाई अघि सार्नुपर्छ । पुरुष उम्मेदवार हुँदा राम्रो सन्देश गएको छैन । हामी पनि गठबन्धनमा एकताकै पक्षमा छौँ,’ राउतको भनाइ थियो । उनले ममता झाको पक्षमा सहमति खोज्न शीर्ष नेताहरूसँग आग्रह गरेका थिए । श्रेष्ठले पनि महिला उम्मेदवार बनाएर जाँदा राम्रो सन्देश जाने बताएकी थिइन् । 

बैठकपछि माओवादी उपमहासचिव शक्ति बस्नेतले छलफल सकारात्मक रूपमा अघि बढेको र बिहीबार पुनः बैठक बसेर निष्कर्षमा पुग्ने बताए । उनले भने, ‘उपराष्ट्रपति उम्मेदवारमा समझदारी कायम गर्ने विषयमा छलफल भयो । छलफल सकारात्मक भएको छ । भोलि फेरि बैठक बस्छ ।’ 

उनका अनुसार बिहीबार आन्तरिक र दुईपक्षीय छलफलपछि गठबन्धनको बैठक बस्नेछ । गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् । कांग्रेसले यादवलाई मत दिने निर्णय गरिसकेको छ । झालाई लोसपा, नागरिक उन्मुक्ति र जनमतको समर्थन छ ।