१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरको भीमफेदीमा अटो पल्टिँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:४६:oo

मकवानपुरको भीमफेदी गाउँपालिकामा बुधबार दिउँसो अटो दुर्घटना हुँदा अटोचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी– २ का ६५ वर्षीय सुब्बा बज्यु तामाङको मृत्यु भएको हो।

बुधबार दिउँसो भीमफेदी– ४ को भित्री सडक खण्ड सानो गुन्डेङबाट भैँसे बजारतर्फ आउँदै गरेको ना २ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ८०/९० मिटर तल खोल्सीमा खसेको थियो।

अटो खस्दा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

ad
ad