१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ चैत १ बुधबार १२:०५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

९ चैतबाट जितपुर–सिमरा गोल्डकप

Read Time : < 1 मिनेट
२०७९ चैत १ बुधबार १२:०५:००

 १३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिता ९ चैतदेखि आयोजना हुने भएको छ । सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगितामा पाँच ए डिभिजन र मोफसलका पाँच क्लबले भाग लिनेछन् ।

साबिक विजेता न्युरोड टिम (एनआरटी), एपिएफ, हिमालयन शेर्पा, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ, बिएफसी चितवन, मकवानपुर–११ हेटौँडा, बागमती युवा सर्लाही, वीरगन्ज युनाइटेड र आयोजक नव जनजागृति युवा क्लबले भाग लिनेछन् । प्रतियोगिताका विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल हात पार्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

मुख्य प्रायोजक जगदम्बा स्टिलका कृष्णदत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । जगदम्बा स्टिलले यस वर्षका लागि सम्झौता नवीकरण गरेको हो । सूर्य नेपाल प्रालिको मुख्य सहयोगमा रंगशालामा फ्लड लाइटको क्षमता वृद्धि गरिएको क्लबले जनाएको छ । यस वर्ष १० हजार दर्शक क्षमताको प्यारापिटसमेत तयार भएकाले प्रतियोगिता हेर्ने दर्शकले समेत थप सहजता प्राप्त गर्नेछन् ।