१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपतिले सुरु गरे सचिवालयमा नियुक्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५६:oo

प्रमुख स्वकीय सचिवदेखि कार्यालय सहयोगीसम्म गरी १९ जनालाई नियुक्त गर्न सक्ने, सातजना विज्ञ पनि राख्न पाउने 

  • विज्ञ : ७
  • प्रमुख स्वकीय सचिव : १ (राप विशिष्ट श्रेणीसरह)  
  • सहस्वकीय सचिव : १ (राप प्रथम श्रेणीसरह) 
  • उपस्वकीय सचिव : २ (राप द्वितीय श्रेणीसरह) 
  • स्वकीय अधिकृत : ४ (राप तृतीय श्रेणी)
  • कम्प्युटर सहायक : १ (राप अनंकित प्रथम श्रेणीसरह)
  • फोटोग्राफर : १ (राप अनंकित प्रथम श्रेणीसरह)
  • प्रेस संयोजक : १ (राप अनंकित प्रथम श्रेणीसरह)
  • सवारीचालक : ४ (श्रेणीविहीन)
  • कार्यालय सहयोगी : ४

राष्ट्रपति रामचन्द्र पौडेलले निजी सचिवालय निर्माण प्रक्रिया सुरु गरेका छन् । जिम्मेवारी सम्हालेको दोस्रो दिन उनले पहिलो नियुक्तिका रूपमा मंगलबार सचिवालयसमेत हेर्नेगरी परराष्ट्रमामिला सल्लाहकारमा डा. सुरेश चालिसेलाई नियुक्त गरेका हुन् । चालिसे अमेरिका र बेलायतका पूर्वराजदूत हुन् । 

पहिलो नियुक्तिका आधारमा उनले अनुभवीलाई प्राथमिकता दिन चाहेको देखिन्छ । त्यस्तै, निजी सचिवमा राष्ट्रपतिले चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । अधिकारी यसअघि पौडेलका स्वकीय सचिव थिए । पौडेलले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । राष्ट्रपतिलाई कानुुनले निजी सचिवालयमा १९ जना नियुक्त गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को दफा १४ को उपदफा १ मा राष्ट्रपतिको निजी सचिवालयको व्यवस्था गरेको छ । 

राष्ट्रपतिले एक प्रमुख स्वकीय सचिव, एक सहस्वकीय सचिव, दुई उपस्वकीय सचिव, चार स्वकीय अधिकृत, एक कम्प्युटर सहायक, एक फोटोग्राफर, प्रेस संयोजक, चार सवारीचालक र चार कार्यालय सहयोगीको सुविधा पाउँछन् । यसबाहेक ऐनमा सातजना आवश्यकताका आधारमा विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्रपति कार्यालयका अनुसार कस्ता विज्ञ नियुक्त गर्ने भन्ने राष्ट्रपतिको आवश्यकतामा भर पर्छ । प्रवक्ता सागर आचार्यका अनुसार विज्ञको क्षेत्र र मापदण्डबारे ऐनमा कुनै व्यवस्था गरिएको छैन । ‘कस्ता क्षेत्रका विज्ञ राख्ने भन्ने राष्ट्रपतिको आवश्यकतामा भर पर्छ, ऐनमा स्पष्ट रूपमा किटान गरिएको छैन,’ उनले भने ।

ad
ad