१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ३० मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण ३० मंगलबार १९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिको परराष्ट्रमामिला सल्लाहकारमा चालिसे, निजी सचिवमा अधिकारी नियुक्त

राष्ट्रपतिको सचिवालयमा पहिलो नियुक्ति :

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण ३० मंगलबार १९:२९:oo

राष्ट्रपति रामचन्द्र पौडेलको परराष्ट्रमामिला सल्लाहकारमा डा. सुरेश चालिसे नियुक्त भएका छन्। 

राष्ट्रपति पौडेलले मंगलबार परराष्ट्रमामिला सल्लाहकारमा नियुक्त गरेका हुन्। उनलाई राष्ट्रपतिको सचिवालयसमेत हेर्ने गरी नियुक्त गरेको हो।

चालिसे अमेरिका र बेलायतका राजदूत रहिसकेका छन्। 

राष्ट्रपतिको निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिएको छ। अधिकारी यसअघि पौडेलका स्वकीय सचिव थिए। 

राष्ट्रपतिले निजी सचिवालयमा १९ जना नियुक्त गर्न पाउने व्यवस्था छ। यसबाहेक अरूको टुंगो लागिसकेको छैन।
(*यसअघि चालिसे राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा नियुक्त भएको हुन गएकोले सच्याइएको छ । सं.)