१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक अभियन्तालाई ओलीकाे सुझाव- बुद्ध जन्मेको देश मृत्युदण्डको पक्षमा जानुहुँदैन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५८:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेपाली कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन्। 

मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्युदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियाे। 

मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले बुद्ध जन्मेका देशका बासिन्दा कुनै पनि आवेश वा उत्तेजनामा मृत्युदण्डको पक्षमा जान नहुने बताए। 

अध्यक्ष ओलीले संयुक्त राष्ट्रसंघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारे। 

उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रूपमा, हामी नेपाली, बुद्ध जन्मेका देशका बासिन्दा, यहाँका नागरिक कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानुहुँदैन भन्ने मेरो एकदम दृढ मत हो। कहिल्यै मृत्युदण्डको पक्षमा जानुहुँदैन। तर, कतिवटा देशले त मृत्युदण्ड दिएको दिए नै छन्। संयुक्त राष्ट्रसंघको मानव अधिकार डिक्लेरेसनले कुनै प्रकारको विभेद हुँदैन भन्छ। सबै प्रकारका असमानता स्वीकार गर्दैन।’