राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मूले बधाई दिएकी छन्।
सोमबार लिखित बधाई सन्देशमा राष्ट्रपति मुर्मूले नेपाल र भारतबीच सभ्यता, संस्कृति र जनस्तरको सम्बन्ध थप सुदृढ गर्न राष्ट्रपति पौडेलसँग सहकार्य गर्ने पनि उल्लेख गरेकी छिन्।
राष्ट्रपति पौडेललाई संयुक्त राज्य अमेरिकाले पनि आज बधाई दिएको छ। पौडेलले नयाँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हालेलगत्तै अमेरिकाका तर्फबाट काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन्।