
पपुवा न्युगिनी (पिएनजी)ले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको छ ।
आक्रामक ब्याटिङ गरेका कुशल भुर्तेल ३३ रन बनाएर आउट भएका छन् । १४ बलको सामना गरेका उनले दुई छक्का र चार चौका प्रहार गरे । उनले काबुए मोरियाको एकै ओभरमा २६ रन बटुले ।
आक्रामक सुरुवात गरेको नेपालले पाँच ओभर सकिँदा ६३ रन बनाएको छ । आसिफ शेख र कुशल मल्ल क्रिजमा छन् । आसिफले ११ बलमा १७ रन तथा कुशल मल्लले आठ बलमा ११ रन बनाएका छन् ।