
पपुवा न्युगिनी (पिएनजी)ले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गरेको छ ।
जवाफी ब्याटिङमा उत्रिएका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई सानदार सुरुवात दिलाएका छन् ।
नेपालले ३.२ बलमा पचास रन पूरा गरेको छ । यसक्रममा कुशलले दुई छक्का र चार चौकाको मद्दतले १३ बलमा ३२ रन बनाएका छन् । आसिफले चार चौकाको सहायताले नौ बलमा १६ रन बनाएका छन् ।