
सन्दीप लामिछानेको घातक बलिङका कारण पपुवा न्युगिनी ९५ रनमा अलआउट भएको छ । ३२ ओभरमा पिएनजीको पूरै टिम समेटियो ।
पिएनजीको ब्याटिङ अर्डर ध्वस्त पार्ने क्रममा सन्दीपले दश ओभरमा २५ रन दिएर पाँच विकेट लिए । उनले अन्तिम बलमा सेमो कामेयालाई बोल्ड गर्दै आफ्नो पाँच विकेट पूरा गरे ।
यससँगै उनी सबैभन्दा चाँडो एक सय विकेट लिने विश्वकीर्तिमानको पनि नजिक पुगेका छन् । उनले ९८ विकेट लिइसकेका छन् ।
आजको खेलमा नेपालले टस जितेपछि कप्तान रोहितकुमार पौडेलले फिल्डिङ रोजेका थिए । उनको निर्णयलाई सही साबित गर्दै नेपाली स्पिनरले धारिलो बलिङ गरे । सन्दीपको पाँचका साथै ललितनारायण राजवंशी र कुशल मल्लले दुई–दुई विकेट लिए । यस्तै, सोमपाल कामीले एक विकेट लिए ।