मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २८ आइतबार १२:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति निर्वाचन : रामसहाय यादवको उम्मेदवारी कायम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २८ आइतबार १२:१७:००

जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदमा दिएकाे उम्मेदवारी कायम रहने भएको छ। यादवको उम्मेदवारी कायम रहेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए। 

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका यादवविरुद्ध उजुरी परेपछि लैंगिक विवादको निरूपण गर्ने जिम्मेवारी राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमाथि थियो। उक्त विवादउपर निर्णय गर्दै कार्यालयले यादव खसआर्यबाहेक फरक समुदायका पुरुष उम्मेदवार भएकोले उनको उम्मेदवारी कायम रहेको जनाएको छ।

उम्मेदवारी कायम भएपछि जसपाका सांसद प्रदीप यादवले निर्वाचन अधिकृतको कार्यालयले संविधान र कानुनअनुसार निर्णय गरेको प्रतिक्रिया दिए। उनले निर्णयको स्वागत गर्दै अर्का उम्मेदवारको बारेमा पार्टीभित्र छलफल गरेर टुंगोमा पुग्ने बताए। गत बिहीबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको थियो। 

एमालेले राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि फरक समुदायको महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन हुने व्यवस्था मिलाउनु संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरूप अनिवार्य हुने तर्क गर्दै रामसहायको उम्मेदवारी खारेज गर्न माग गरेको थियो। 

यस्तै जनमतले पनि आफ्नो उजुरीमा यस्तै खालको तर्क गर्दै रामसहायको उम्मेदवारी खारेज गरी महिलाको उम्मेदवारीलाई मात्रै मान्यता दिन माग गरेको थियो।