
नबिल बैंकले आफ्ना कर्मचारीका लागि ‘कार्यस्थल हिंसा तथा उत्पीडन’ विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ७० जना कर्मचारीका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीको मनोबल वृद्धि गर्न र समाजमा घट्न सक्ने गतिविधिको सामना गर्न कार्यक्रम उपयोगी रहेको बताए ।
कार्यक्रममा नेपालको कानुनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारका रूपमा कसरी प्रयोग गर्ने जानकारी उपयोगी भएको सहभागी रिया बस्नेतले बताइन् ।
आफ्नो कार्यालय स्थल तथा हाम्रो समाजमा दैनिक जीवनमा घट्न सक्ने हिंसालाई ध्यानमा राखेर तालिम सञ्चालन गरेको नबिल बैंकका मानव संसाधन प्रमुख दिवस कार्कीले बताए ।