१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनमा नेम्वाङको खर्च १६ हजार पाँच सय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५१:oo

राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन्। उनकाे राष्ट्रपति निर्वाचनमा १६ हजार पाँच सय खर्च भएकाे विवरणमा उल्लेख छ। 

राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको एक दिनपछि उनले निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलामार्फत आयाेगमा खर्च विवरण बुझाएका हुन्। 

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ नौदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग दोब्बर मतले पराजित भएका थिए।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे भने नेम्वाङले १५ हजार पाँच सय १८ मतभार पाए।