Skip This
चार संस्थालाई सिआइटीको सहयोग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण २६ शुक्रबार १२:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार संस्थालाई सिआइटीको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार १२:o४:oo

नागरिक लगानी कोषले ३३औँ वार्षिकोत्सवको अवसर पारेर चारवटा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । कोषले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत कुल सात लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । 

कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ‘ए’ डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुदलगायतका सामग्री खरिद गर्न एक लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको जनाएको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपांग भएका मस्कुलर डिस्ट्रोफीका बिरामीहरूको पुनस्र्थापनका लागि फिजियोथेरापी, एम्बुलेन्स र एकीकृत स्वस्थ्य शिविर सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले मस्कुलर डिस्ट्रोफी फाउन्डेसन–नेपाल, शंखरापुर काठमाडौंलाई दुई लाख रुपैयाँको चेक प्रदान गरेको जनाइएको छ । 

कोषले उपत्यकाबाहिर दाङको राप्ती बहिरा संघलाई सहयोग गरेको छ । फरक क्षमता भएका बालबालिकालाई खेलकुदका माध्यमबाट उत्साहित गर्न अपांगता भएका व्यक्तिहरूका लागि काम गर्दै आएको राप्ती बहिरा संघलाई समावेशी खेलकुदसम्बन्धी कार्यका लागि दुई लाख रुपैयाँको चेक प्रदान गरेको जनाएको छ । त्यस्तै, कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको चितवनको पदमपुर आधारभूत विद्यालयलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ । 

ती संस्थालाई बिहीबार कोषका कार्यकारी निर्देशक रमण नेपालले चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकमको चेक हस्तान्तरण गर्दै उनले कोषले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिने बताए ।