१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बधाई दिँदै नेम्वाङले भने- मेरोतर्फबाट सहयोग र समर्थन रहन्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o९:oo

राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन्। 

राष्ट्रपतिको आज भएको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे। 

पूर्वसभामुख नेम्वाङले भने, ‘घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु। राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ।’ 

जनताले जनताका लागि संविधानसभाबाट संविधान बनाएपछि राष्ट्रपतिको महत्त्वपूर्ण निर्वाचनको चरणबाट गुज्रिएको उल्लेख गर्दै उनले भने, ‘यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। मलाई धेरै नै खुसी लागेको छ। यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा म सम्झन्छु।’

जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान र कानुनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए। उनले भने, ‘मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’ 

यसैबीच जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरूले मत दिएर निर्वाचनमा विजयी तुल्याएकामा खुसी व्यक्त गर्दै कार्यकालको सफलतका लागि बधाई ज्ञापन गरे। 

उनले भने, ‘संविधान र लोकतन्त्र रक्षा तथा जनभावनाअनुसार सबैको साझा र एकताको प्रतीकको प्रवर्द्धन गर्ने कार्यमा नयाँ राष्ट्रपतिको भूमिका र जिम्मेवारी केन्द्रित हुनुपर्छ।’