१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २५ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २५ बिहीबार ११:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतदानपछि उम्मेदवार नेम्वाङले भने- निर्वाचित भए जनतालाई सास्ती दिनेछैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २५ बिहीबार ११:३o:oo

राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उनले केहीबेरअघि मतदान गरेका हुन्। 

नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रूपमा काम गर्ने बताए। 

निर्वाचित भएमा जनतालाई सास्ती दिने गतिविधि नगर्नेसमेत उनले प्रतिबद्धता जनाए। 

उनले भने, ‘राष्ट्रपतिमा निर्वाचित भएपछि मैले सवारीको नाममा जनतालाई सास्ती दिनेछैन। सडकमा सवारीजाम तथा हवाई यात्राका क्रममा  आकाशमा हवाई उडान प्रभावित हुने काम मेरो कार्यकालमा हुनेछैन। जनतालाई सास्ती हाेइन, अभिभावकको महसुस गराउनेछु।’ 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन्। 

अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका पौडेल र एमालेका नेम्वाङ प्रतिस्पर्धामा छन्।