मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ११:०१:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २५ बिहीबार ११:०१:००

पछिल्लो समय कालो चामलको परिकार राखेर रेस्टुरेन्ट चलाउनेहरूको होडबाजी नै चलेको छ । यो चामल एसियन उत्पादन हो । आजभन्दा आठ हजार दुई सयदेखि १३ हजार वर्ष पहिले चीनमा यसको खेती गरिएको हुन सक्ने रेडियो कार्बन डेटिङको आकलन छ । 

कालो धानका विशेषता 
जी–६० ब्ल्याक राइस उच्च पोषणयुक्त धान हो । एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लडप्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता तयार गर्ने विज्ञहरू बताउँछन् । 

के–के बन्छन् परिकार ?

एकपटकमा १८० देखि २०० ग्राम मात्र कालो चामल प्रयोग गर्दा राम्रो हुन्छ । यसबाट भातबाहेक अन्य धेरै परिकार पनि बन्छन् । २० वटा त सलादकै परिकार बनाउन सकिन्छ ।

- कालो चामलको खिर स्वादिलो र स्वास्थ्यका लागि पोषिलो पनि हुन्छ । अन्य चामलको तुलनामा यो चामल पाक्न केही बढी समय लाग्छ । त्यसैले यसलाई पकाउनुभन्दा तीन घन्टा पहिले नै भिजाएर राख्दा राम्रो हुन्छ ।

कहाँ–कहाँ प्रयोग हुन्छ ?
- यो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ । नेपालका सुपरमार्केटहरूमा पनि सजिलै उपलब्ध हुन्छ । र, नेपालका होटेल तथा रेस्टुरेन्टमा पनि यसको प्रयोग बढ्दै गएको छ । चीनमा पनि कालो चामलको प्रयोग अत्यधिक मात्रामा हुन्छ र यो क्रम बढ्दो छ । कालो चामललाई जापान र कोरियामा सुसी बनाउन र इटालीमा रिसोटो बनाउन प्रयोग गरिन्छ । 

फाइदा
- डाइबिटिजका बिरामीलाई कालो चामल निकै उपयोगी मानिन्छ ।
- मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।
- यसमा प्रोटिन, आइरन हुने भएकाले अरू चामलको तुलनामा बढी शक्ति प्रदान गर्छ ।
- शरीरलाई सन्तुलित राख्न तथा मोटोपनलाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।
- क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।
- कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ ।
- सामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५ ग्राम चिल्लो पदार्थ, ३४ ग्राम कार्बोहाइड्रेट, दुई ग्राम फाइबर, पाँच ग्राम प्रोटिन र चार प्रतिशत आइरन प्राप्त हुन्छ ।
- कालो चामललाई प्राकृतिक र परम्परागत ग्लुटिन फ्री ग्रेनका रूपमा लिइन्छ । यो चामल पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिने भएकाले यसको साइड इफेक्ट हुँदैन ।