मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २४ बुधबार १५:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २४ बुधबार १५:०६:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गर्ने बताएका छन् ।

बुधबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने बताएका हुन्  । पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपिभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिने उनको प्रतिबद्धता छ ।

‘सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ,’ उनले भने ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले विदेशमा समस्यामा परेका नेपाली श्रमिक महिलाबारे राज्यले विशेष संयन्त्र निर्माण गर्दै उनीहरूको समस्या समाधान गर्ने उल्लेख गरे । निजी क्षेत्रमा कार्यरत महिलालाई समेत अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नीतिलाई कडाइका साथ लागू गरिने उनले स्पष्ट पारे ।

महिला उद्यमशीलता प्रवर्द्धनमा देखिएका कानुनी र व्यावहारिक जटिलता अन्त्य गर्न महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण गर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिएका छन् ।