
पोर्चुगिज क्लब बेन्फिका युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
बेल्जियमको क्लब ब्रुगमाथि सामग्रमा ७– १ गोलअन्तरको नतिजा निकाल्दै बेन्फिकाले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
गएराति भएको दोस्रो लेगमा बेन्फिकाले ब्रुगलाई ५–१ ले पराजित गर्याे । त्यसअघिको पहिलो लेग बेन्फिकाले २–० ले जितेको थियो ।
घरेलु मैदानमा बेन्फिकालाई ठूलो अन्तरको जित दिलाउने क्रममा गोन्कालो रामोसले दुई तथा राफा सिल्भा, जोआओ मारियो र डेभिड नेरेसले एक–एक गोल गरे । बिजोर्न मेइजेरले ब्रुगका लागि सान्त्वना गोल फर्काए ।